news-details
अन्तरास्ट्रिय

Share this post!

चीनमा नक्कली कोरोना खोपः  ८० जना पक्राउ

नक्कली खोपसहित ८० जना पक्राउ

एजेन्सी । चीनमा नक्कली कोरोना खोपसहित ८० जनालाई पक्राउ गरिएको छ । खोप सम्बन्धी अपराध नियन्त्रण अभियान चलाउँदा ३ हजार मात्रा नक्कली खोपसहित ८० जनालाई पक्राउ गरिएको चिनिया विदेश मन्त्रालयका प्रवक्ताले जनाएका हुन् । अभियुक्तहरुले ४ महिनाभन्दा पहिलेदेखि सूइको सिसीमा सलाइन पानी भरेर खोप भन्दै बिक्री गरिरहेको फेला परेको हो । विदेश पठाउन उनीहरुले नक्कली खोप तयार गरिरहेको चिनिया अधिकारीहरुले जनाएका छन् । बेइजिङ, साङ्घाइ र स्यान्दोङका विभिन्न ठाउँमा नक्कली खोप बनाइरहेको फेला परेको हो ।