news-details
अन्तरास्ट्रिय

Share this post!

अमेजनको नयाँ सीईओ एन्डी जेसी 

काठमाडौं । अमेरिकी ई-कमर्स कम्पनी अमेजनका संस्थापक जेप बेजोसले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद छाड्ने भएका छन् । २५ वर्षदेखि सम्हाल्दै आएको कम्पनीको जिम्मेवारीबाट हट्ने तयारी बजोस पुगेका छन् । उनको स्थानमा एन्डी जेसी अमेजनको नयाँ सीईओ बन्‍ने बताइएको छ । हाल जेसी अमेजनको वेब सर्विसेज चिफको रुपमा कम्पनीमा काम गरिरहेका छन् । सन १९९७ मा एजेमनमा जोडिएका ५३ वर्षीय जेसीले हार्वर्ड विजनेस स्कूलबाट एमबीए गरेका थिए ।