news-details
अन्तरास्ट्रिय

Share this post!

अर्थमन्त्रीले रक्सी पिएर बजेट भाषण गर्न पाउँछन्

एजेन्सी । दुनियामा एउटा यस्तो देश छ, जहाँ अर्थमन्त्रीले संसद्मा बजेट भाषण गर्दा रक्सी पिएर जान सक्दछ । यस्तो अनौठो छुट भएको मुलुक प्रजातन्त्रको जननी भनिने देश बेलायत हो । बेलायतमा यस्तो कानुन छ जस अनुसार त्यहाँका चान्सलरले बजेट पेस गर्ने दिन रक्सी पिएर संसद्मा गई बजेट पेश गर्न सक्दछन् । मिडिया रिपोर्ट अनुसार बेलायती संसद् हाउस अफ कमन्सको नियम पुस्तिकामा मदिरापान सम्बन्धमा प्रष्ट नियम छ । जस अनुसार चान्सलरले रक्सी पिएर बजेट भाषण गर्न सक्दछन् । तर अरु मन्त्रीहरुलाई चाहिँ मदिरापान गरेर संसद्मा बोल्ने छुट छैन । साथै बजेट भाषण बाहेकका दिन चाहिँ अर्थमन्त्रीलाई पनि संसदमा बोल्दा रक्सी पिउने छुट हुँदैन । बेलायतमा दशकौँ देखि यो नियम चलिरहेको छ । तर अहिलेको समयमा यो नियमलाई बेतुकको मानिन्छ ।

बेलायतमा बजेटसँग सम्बन्धित अर्को पनि अनौठो तथ्य छ । बेलायतमा बजेट पेस गर्नका लागि १ सय वर्षसम्म एउटै मात्र ब्रिफकेसको प्रयोग गरिएको थियो । उक्त ब्रिफकेस पहिलोपटक सन् १८६० मा बेलायतका चान्सलर विलियम ग्लाडस्टोनले बजेट पेश गर्ने बेलामा प्रयोग भएको थियो । उक्त ब्रिफकेसको नाम स्कारलेट थियो । चान्सलर ग्लाडस्टोनले प्रयोग गरेको उक्त ब्रिफकेस सन् १९६५ सम्म प्रयोग गरियो । सन् १९६५ मा तत्कालीन चान्सलर जेम्स क्लेघनले मात्र उक्त पूरानो ब्रिफकेसको साटो नयाँ ब्रिफकेस प्रयोग गरेका थिए । त्यसपछि सन् १९९७ मा चान्सलर गोर्डन ब्राउनले पनि बजेट पेश गर्नका लागि नयाँ ब्रिफकेस प्रयोग गरे ।स्मरण रहोस् सन् २०११ मा बेलायती चान्सलर जर्ज ओसर्बनले बजेट पेस गर्नका लागि त्यहीँ १८६० मा प्रयोग भएको १५१ वर्ष पूरानो ब्रिफकेसको प्रयोग गरेका थिए ।