news-details
समाचार

Share this post!

भक्तपुरमा बन्दको प्रभाव सामान्यः सार्वजनिक यातायात मात्र बन्द 

बन्दकर्ताहरु बसेर सडकमा सवारी रोक्ने प्रयास

-रुपा पोखरेल
भक्तपुर । संवैधानिक नियुक्तिको विरोधमा देशव्यापी आमहड्ताल गरेको नेकपा प्रचण्ड–माधव पक्षले गरेको बन्दको प्रभाव भक्तपुरमा सामान्य देखिएको छ । भक्तपुरको सिर्जनानगरचोकमा केही संख्यामा बन्दकर्ताहरु बसेर सडकमा सवारी रोक्ने प्रयास गरेपनि सुरक्षाकर्मीले दिएका छैन् । सूर्यविनायक, मध्यपुरथिमि, सल्लाघारी, कमलविनायकगायतका स्थानमा पसल तथा व्यापारी संस्थाहरु खुलेका छन् । केही विद्यालय नीजि विद्यालय संचालकहरुले बन्द गरेपनि सरकारी विद्यालय खुलेका छन् । सरकारी कार्यलयहरु पूर्ण रुपमा खुलेका देखिन्छ । बन्दले गर्दा सर्वसाधरणलाई सार्वजनिक सवारी संचालन नहुदाँ समस्या भएको बताएका छन् ।