news-details
अन्तरास्ट्रिय

Share this post!

हिमताल फुट्दा मर्नेको संख्या १० पुग्यो, १०० भन्दा बढी बेपत्ता

भारत । छिमेकी मुलुक भारतको उत्तराखण्डमा हिमताल फुटेर आएको बाढीले बगाउदा १० जनाको मृत्यु भएको छ भने एक सय जना भन्दा बढी अझै बेपत्ता छन ।चमोली जिल्लाको जोशीमठमा हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको हो । हिमताल फुटेपछि नदीमा आएको बाढी विभिन्न गाउँमा पसी घरहरूमा क्षति गरेको छ । हिमताल फुटेको सूचना पाएपछि प्रहरीसहितको टोली घटनास्थलतर्फ पुगेर उद्धार कार्य जारी रहको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।नदी आसपासका रहेका गाउँका मानिसहरुलाई अन्यत्रै सारिएको छ । हिमताल विस्फोटपछि आएको बाढीले ऋषिगङ्गा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको बताइएकोछ ।समाचार एजेन्सी पीटीआईका अनुसार आयोजनामा काम गरिरहेका एक सय बढी मजदुर अझै हराइरहेका छन् भने सुरुङमा फसेका १६ जनाको जिवितै उद्धार गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।