news-details
स्वास्थ्य

Share this post!

कोरोना विरुद्धको खोपः पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई  खोप लगाउन सुरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि पाँच दिनसम्म अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई सिभिल अस्पताल नयाँ बानेश्वरबाट कोरोना विरुद्धको खोप दिने भएको छ । सरकारले  कोरोना भाइरसविरुद्धको खोप पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाईलाई दिन सुरु गरेको हो ।  भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको १० लाख डोज कोभिशिल्ड खोपमध्ये पहिलो चरणमा एक लाख ८४ हजार ८ सय ५७ जना स्वास्थ्यकर्मीलाई लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अब पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई आगामी शुक्रबारसम्म खोप दिन लागिएको हो ।   तस्विर पत्रकार मंकर श्रेष्ठको फेसबुकबाट