news-details
समाचार

Share this post!

चाँगुनारायणमा विकाशको काम तीव्रः मगरटोल-ठकुरी टोल सडक स्तरोन्नति हुदैं 

भक्तपुर । चाँगुनारायण नगरपालिकामा विकाशका कामहरु धमाधम हुन थालेका छन् । जनप्रतिनिधीहरु निर्वाचित भएर आएपछि सडक, खानेपानी, विद्युत, स्वास्थ्य क्षेत्रका कामहरु हुदैं आएका छन् । वडा नम्बर २, को मगरटोल-ठकुरी टोल सडक स्तरोन्नति गरि कालो पत्रेको तयारी थालिएको छ । नेकपाका  युवा नेता मनोज केसीको सिफारिसमा नगरप्रमुख सोम प्रसाद मिश्रका साथै तत्कालीन शहरी बिकास तथा भवन निर्माण महानिर्देशक मणिराम गेलालको पहलमा आ ब ०७६/०७७ को लागि बिभाग द्वारा बिनियोजित रु ५० लाखबाट सो कार्य हुन लागेको हो । गत आर्थिक बर्ष मा बिनियोजित उक्त रकमले ४०० मिटर सडक स्तरोन्नति र कालो पत्रे हुँदै छ भने चालू आ.वमा थप बजेट रकम रु ५० लाखले मगरटोल-ठकुरिटोल सडक स्तरोन्नति सहित कालो पत्रे कार्य सम्पन्न हुनेछ ।