news-details
समाचार

Share this post!

 भीरबाट लडेर महिलाको मृत्यु

ओखलढुंगा । एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका ८ माम्खामा आफन्तको बिहेमा गएकी ३२ वर्षीया कमला परियारको भीरबाट लडेर मृत्यु भएको हो । गत सोमबार घरबाट आरुवोटे भन्ने स्थानमा आफन्तको बिहेमा गएकी परियारको भुसुने जंगलको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । बिहेमा गएकी महिला दुई दिनसम्म घर नफर्किपछि आफन्तले खोजतालास गर्ने क्रममा उनको शव मंगलबार करिब २ सय मिटर तल खेतमा फेला परेको प्रहरी निरिक्षक शिव कट्टेलले बताए । महिलाको शव फेला परेपछि आफन्तले प्रहरीलाई खबर गरेको र प्रहरीले घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रकृया पुरा गरेर शवको पोष्टमाटमपछि परिवारलाई जिम्मा दिइसकिएको कट्टेलको भनाई छ । प्रहरी अनुसन्धानले पनि भुसुने जंगलको भीरको घोरेटो बाटोबाट उनी लडेको पुष्टी गरेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।