news-details
अर्थतन्त्र

Share this post!

सञ्चालक पक्राउ परेपछि अन्नपूर्ण चिनी मिलले पैसा तिर्यो 

सर्लाही । वर्षौंदेखि उखु किसानको करोडौं रकम भुक्तानी नगर्ने सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगले उखु किसानको सम्पुर्ण बक्यौता भुक्तानी गरेको छ ।गत माघ १४ गते काठमाडौं त्रिपुरेश्वर स्थित निवासबाट चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेपछि किसानलाई भुक्तानी दिन सुरु गरेको थियो ।माघ १५ गते उद्योगले १२ करोड ६३ लाख ७२ हजार रुपैयाँ भुक्तानी गरेकोमा मंगलवार २ करोड १० लाख ६३ हजार र बुधवार २ करोड ३२ लाख ८० हजार गरि जम्मा १७ करोड ७ लाख १४ हजार भुक्तानी दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । अग्रवाल विरुद्ध सर्लाही प्रहरीमा जाहेरी परेकाले जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्राचारका आधारमा उनलाई काठमाडौं प्रहरीले सर्लाही लगेको थियो । अग्रवाल नै सञ्चालक रहेको नवलपरासीस्थित इन्दीरा सुगरमिलले करीब ४ करोड ७० लाख रुपैयाँ दिन बाँकी रहेको बताइएको छ ।