news-details
अर्थतन्त्र

Share this post!

सुनको भाउ घट्यो 

काठमाडौं । सुनको भाउ तोालमा चार सय रुपैयाँले सस्तो भएको छ । बुधबार ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबारका लागि ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य आजका लागि ९१ हजार रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बुधबार १३४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजको १३१५ रुपैयाँ तोकिएको छ ।