news-details
राजनीति

Share this post!

पक्राउ परिन् रामकुमारी झाँक्रीः  राज्यविरुद्ध अपराध गरेको आरोप 

राज्यविरुद्ध कसूरको दफा ५८ अनुसार पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । झाक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि झाक्रीको निवासमा भेला भएका नेकपा कार्यकर्ताले नारावाजी चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए । ‘उनीहरुले प्रतिगमन मुर्दावाद, रामकुमारी झाक्री हाईहाई’ भन्ने नारा लगाएका थिए ।  यसअघि झाक्रीलाई पक्राउ गर्न सरकारले प्रहरीलाई चर्को दबाब दिदै आएको थियो । झाक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिब्यक्ति दिएको आरोप सरकारी पक्षको छ । पक्राउ पर्नुअघि झाक्रीले लोकतन्त्रको उपहास भएको प्रतिक्रिया दिइन् । ‘नागरिकले सडकमा विद्रोहको भाषा बोल्न नपाउने भन्ने हुँदैन । राज्यविरुद्ध कसूरको दफा ५८ अनुसार प्रहरीले पक्राउ पुर्जी दिएको हो । अनेरास्ववियूकी नेतृ आरती लामाले महाशाखाले जारी गरेको पक्राउ पुर्जी पढेर सुनाएकी छिन् ।