news-details
अन्तरास्ट्रिय

Share this post!

पूर्वी लद्दाखमा भारत-चीन सम्झौता

काठमाडौं । सीमा जोडिएका दुई मुलुकबीच विवाद हुनु सामान्य भए पनि त्यो असहमति कुनै बेला युद्धको रूपमा परिणत हुन सक्छ। त्यस्तो युद्धले दुई देशलाई हानि गर्छ। विशेष गरी यस्ता सीमायुद्धमा स्थानीय वासिन्दाले अधिक पीडा भोग्नुपर्ने हुन्छ। हाम्रो उत्तरी र दक्षिणी छिमेकीले लामो समयदेखि सीमा विवाद गर्दै आएका छन्।पूर्वी लद्दाखमा भारत र चीनलाई छुने सीमा ९वास्तविक नियन्त्रण रेखा(एलएसी००लाई लिएर दुई देशबीच करिब १० महिनादेखि तनाव जारी छ। यो सीमाका विषयमा अहिलेसम्म दुवै देशका उच्च सैनिक बसेर नौ पटक वार्ता गरिसकेका छन्। दुवै देश यी वार्ताहरूले शान्ति कायम हुने बताइरहेका छन्।

पूर्वी लद्दाखमा केही पटक त दुवै देशका सैनिकबीच मुठभेडसमेत भइसकेको छ। त्यस मुठभेडमा केही सैनिकले ज्यान गुमाएका छन्। तर, बिहीबार दुवै देशबीच भएको सम्झौताले केही सुखद संकेत गरेको छ। सोही सम्झौताका विषयमा बिहीबार भारतका रक्षमन्त्री राजनाथ सिंहले संसदमा जानकारी दिएका थिए।उनले भनेका थिए, ‘‘सदनमा यो कुरा सुनाउन पाउँदा मलाई खुसी लागेको छ कि, हाम्रो दृढ इच्छा र अडानयुक्त संवादले चीनसँग प्योङयाङ तालदेखि उत्तर र दक्षिणी किनाराबाट चिनियाँ सैनिक हट्ने सम्झौता भएको छ।’’ दुवै देशबीच वार्ताका माध्यमबाट नै सीमा विवाद समाधान हुने कुरा भारतले पटकपटक बताउँदै आएको सिंहले उल्लेख गरे। अब एलएसीमा हुने कुनै पनि प्रतिकूल अवस्थाको असर द्विपक्षीय वार्तामा पर्ने उनले बताए। सीमामा शान्ति कायम नगरी वार्ता सफल नहुने भारतले सम्झाउँदै आएको समेत सिंहले संसदमा जानकारी दिए। उनले भारतीय सशस्त्र सुरक्षा बलले प्रभावकारी र पर्याप्त ढंगमा काम गरिरहेको पनि बताए। यही कारण चिनियाँ सैनिक प्योङयाङ तालबाट पर हटेको उनको दाबी थियो। रक्षामन्त्री सिंहको दाबीबाट भारतले पूर्वी लद्दाखको सीमा विवादमा चीनलाई झुकाएको आशय प्रकट भएको छ। भारतको एक इन्च जमिन पनि चीनले अतिक्रमण गर्न नसकेको दाबी सिंहको रहेको छ। तर, यो कुरालाई भारतकै कतिपय सुरक्षा विश्लेषक र राजनीतिज्ञहरू पत्याउँदैनन्।