news-details
राजनीति

Share this post!

'वृद्धाभत्ता मासिक पाँच हजार पुग्छ' 

ओखलढुंगा । उपप्रधानमन्‍त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक पाँच हजार पुर्‍याउने सरकारको लक्ष्य रहेको बताए। ओखलढंगामा नेकपाको सभामा बोल्दै उपप्रधानमन्‍त्री पोखरेलले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक पाँच हजार दिने बताए। गत आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्ता बढाउने तयारी गरिए पनि पार्टीभित्रको एउटा समूहले विरोध जनाएका कारण त्यो सम्भव भएन। आगामी दिनमा सरकारले लक्ष्यअनुसार काम गर्ने उपप्रधानमन्‍त्री पोखरेलले बताए। 

उपप्रधानमन्‍त्री पोखरेलले काम गर्न नदिएर सरकारलाई असफल बनाउने र मुलुकलाई पछाडि धकेल्ने प्रयास गरेकाले ताजा जनादेशमा जानु परेको बताए। खानेपानी तथा सरसफाइमन्‍त्री मणि थापाले खानेपानीको समस्या समाधान गर्ने बताए। ओखलढुंगासहितका पहाडी जिल्लामा खानेपानीको अभाव देखिएकाले त्यसको समाधानमा सरकार जुटेको बताए। प्रदेश १ का मुख्यमन्‍त्री शेरधन राईले नेकपाको प्रचण्ड-नेपाल समूहलाई प्राइभेट कम्पनीको संज्ञा दिए।  प्रदेश नं १ का भौतिक पूर्वाधार विकास राज्यमन्‍त्री अम्बिरबाबु गुरुङले जिल्लाको विकासमा आफूले गरेका पहलबारे विस्तृतमा जानकारी गराए।