news-details
समाचार

Share this post!

भालुको पित्तसहित पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले भालुको पित्तसहित एक व्यक्तलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको बुढानिलकण्ठ–७ विष्णुमति चोकबाट भालुको पित्तसहित संखुवासभाका ३२ वर्षीय बिगुल राईलाई पक्राउ गरेको हो । राईबाट प्रहरीले १०३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्त २ थान बरामद गरिएको जनाएको छ । राईले भालुको पित्त प्रतिग्राम २५ हजारका दरले बिक्री गर्न लागेका थिए ।