news-details
राजनीति

Share this post!

भोलि राप्रपा निकट विद्यार्थीको भेला 

काठमाडौं । राष्ट्रिय प्रजातन्‍त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्‍त्रिक विद्यार्थी संगठन संयुक्त) ले काठमाडौं उपत्यकास्तरीय बृहत अगुवा कार्यकर्ता भेला गर्ने भएको छ।पार्टी केन्द्रीय कार्यालय चावहिलमा भोलि दिउँसो १ बजे भेला गर्ने भएको हो। भेलालाई पार्टी अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्ने संगठनका अध्यक्ष धनसुर शाहीले बताए।सरकारले प्रतिनिधिसभा विघटन गरेपछि ताजा जनादेशका लागि भन्दै निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा राप्रपाले निर्वाचनको तयारीलाई अगाडि बढाएको छ। प्रतिनिधिसभा विघटनलाई राप्रपाले स्वागतयोग्य कदमको रूपमा टिप्पणी गरेको छ।