news-details
समाचार

Share this post!

ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन गरेको हुँः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बिचमा गरेको कबुल पूरा गर्न नदिएपछि ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जानु परेको स्पष्ट पारेका छन् । सरकारको तीन वर्ष पूरा भएको अवसरमा देशवासीलाई सम्बोधन गर्दै उनले निर्वाचनको घोषणा आफ्नो बाध्यता भएको बताए । उनले जनताले आफूमाथि गरेको विश्वासको ‘ट्रायल’ गर्न र व्यवधानकारीहरूलाई असफल पार्न निर्वाचन घोषणाको कदम थालिएको बताए ।

“जनताले जुन मेरो अगुवाइप्रति विश्वास जनाउनु भएको थियो । त्यो विश्वास व्यवधानकारीहरूलाई असफल गर्दै जनताको विश्वास ट्रयाल गर्नु आवश्यक  भयो”, प्रम ओलीले भने, “जनताले दिएको विश्वास कार्यान्वयन गर्न दिइएन, जिम्मेवारी पूरा गर्न दिइएन, त्यसकारण जुन कुरा मैले जनताबीच कबुल गरेको थिएँ, त्यसका लागि जनताकोबीचमा जान चाहेको हो।” पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहलाई लक्षित गर्दै उनले केही सहकर्मीहरूले ६४ प्रतिशत सांसद भएको संसदीय दलको निर्विरोध नेता आफूलाई प्रधानमन्त्री भएर काम गर्न नदिइ व्यवधान सिर्जना गरेको बताए ।