news-details
समाचार

Share this post!

चाँगुनारायण नगरपालिकाको नयाँ भवन निर्माण कार्य सुरु 

१८ महिनामा नै सक्ने लक्ष्य रहेको

भक्तपुर । चाँगुनारायण नगरपालिका नयाँ भवन निर्माण कार्य सुरु भएको छ । नगरपालिकाको नयाँ भवन निर्माणको कार्यको एक कार्यक्रमकाबीच मंगलबार शिलान्यास भएको हो । नगरपालिकाको वडा नं. ५ स्थित घुमाउनेमा बोलपत्र आवहन गरि करिब २५ करोड ४६ लाख २५ हजार रुपैँयाको लागतमा नयाँ भवन बनाउने गरि निर्माण व्यवसायीसंग सम्झौता भएको छ । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोम प्रसाद मिश्रले ठाउँ अभावमा फाइल हराउने गरेको, ठाउँ अभावमा कर्मचारी कार्यालयको भ¥याङ्ग र बाटोमा बसेर समेत काम गर्नु पर्ने अवस्था नयाँ भवन निर्माण भएपछि हट्ने बताए । 

नगरपालिकाका प्रमुख मिश्रले नयाँ भवनका लागि रुं ६० करोडको डिपिआर गरे पनि लागत घटाइएको बताउदै आवास र अतिथि गृहको भवन भने अहिलेको बजेटमा निर्माण नगरी दोश्रो चरणमा निर्माण जानकारी दिए । जग्गा सार्वजनिक रहेको ३० रोपनी क्षेत्रफलमा भएपनि २२ रोपनि मात्र उपयोग योग्य छ, मिश्रले भने । 
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना बास्तोला, नेपाली कांग्रेसका नेता राजाराम खड्का, निर्माण व्यवसायी राजकुमार बस्ताकोटी, प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारीलगायतको उपस्थिती रहेको थियो । नगरपालिकाको प्रशासनकी भवन, सेमिनार हल, एमओइसी भवन, ६ वटा सहायक भवन, क्यान्टिन, गार्ड घर, नगरपालिकासम्म आउने भित्री बाटोको निर्माण हुने नगरपालिकाका इन्जिनियर रुपेश गेलालले बताए ।  उक्त भवन मध्ये कलात्मक र परम्परागत शैलीमा निर्माण हुने प्रशासनीक भवन ३ हजार ६४० स्क्वायरफिटमा ६ तल्लाको हुनेछ । त्यसैलाई मध्य नजर गर्दै २०८० साल बैशाखमा निर्माण सम्पन्न हुने गरि ठेक्का सम्झौता भएको र १८ महिनामा नै सक्ने लक्ष्य रहेको निर्माण कम्पनिका तर्फका इन्जिनियर सचिन बजगाइले जानकारी दिए ।