news-details
अर्थतन्त्र

Share this post!

सुनको मूल्य ११ सयले सस्तियो 

काठमाडौं । नेपालको स्थानीय बजारमा सुनको मूल्य आज एकै दिन प्रतितोला एक हजार एक सय रूपैयाँले घटेको छ। हिजो प्रतितोला ९० हजार ९०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८९ हजार आठ सय रूपैयाँ कायम भएको छ।  यसैगरी, आज तेजाबी सुनको मूल्य तोलामा ८९ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्य घटेको दिन आज चाँदीको भाउ पनि ओरालो लागेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ४० रूपैयाँ तोकिएको छ। हिजो चाँदी प्रतितोला एक हजार तीन सय ६० रूपैयाँमा कारोबार भएको थियो।