news-details
समाचार

Share this post!

दोषी पक्राउपछि प्रहरी अधिकारीलाई फूलमालासहित बिदाइ

बैतडी । जिल्लाको की किशोरी भागरथी भट्टको बलात्कार तथा हत्याका दोषी पक्राउ गरेको भन्दै अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई गाउँपालिका र स्थानीयवासीले फूलमालासहित बिदाइ गरेका छन् । १३ को अनुसन्धानपछि दोषी पक्राउ गर्न सफल भएको स्थानीयवासी सुदूरपश्चिप्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीसहितका प्रहरीलाई फूलमाला लगाएर बिदाइ गरेका हुन् । भागरथी हत्या अनुसन्धानमा डीआईजी उत्तमराज सुवेदी, एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, अनुसन्धान ब्यूरोका पञ्चकुमार बाखु, जिल्लाप्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीलगायत थिए । भागरथीको बलात्कार र हत्या आरोपमा घटनाको १३औँ दिन अर्थात् हिजो स्थानीय किशोर दिनेश भट्टलाई प्रहरीले घरबाटै पक्राउ गरेको थियो । बुधबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय बैतडीले भागरथीको छिमेकी एवं सहपाठी भट्टलाई सार्वजनिक गर्दै छ । पक्राउ परेका दिनेश भट्ट दोगडाकेदार गाउँपालिका–७, चडेपानीलमकट्टेका हुन्, जो भागरथी पढ्ने सनातनधर्म माविमा कक्षा ११ मा अध्ययनरत छन् ।