news-details
समाचार

Share this post!

 खुलामञ्च खाली गरिँदै 


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चभित्र बनाइएका संरचना हटाउन थालेको छ । महानगरले बुधबार डोजरको प्रयोग गरी खुलामञ्चमा बनाइएका संरचना हटाउन थालेको हो । खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कुलको भवन पुनर्निर्माण गर्न निर्माण सामग्रीहरू र त्यहाँ काम गर्ने केही कामदारहरु अस्थायी रूपमा बस्दै आएका थिए । बुधबार बिहान महानगरले डोजर लगाएर त्यसभित्र रहेका घर टहराका साथै सबै संरचना भत्काउन थालेको हो ।