news-details
अर्थतन्त्र

Share this post!

८ खर्बको आयात: सबैभन्दा धेरै डिजेल

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा नेपालले विदेशबाट आठ खर्ब रुपैयाँभन्दा बढीको वस्तु तथा सेवाको आयात गरेको छ। नेपालले साउनदेखि माघसम्ममा आठ खर्ब ३६ अर्ब चार करोड रुपैयाँको वस्तु तथा सेवाको आयात भएको हो। अघिल्लो आर्थिक वर्षको यही अवधिमा नेपालले विदेशबाट आठ खर्ब ३६ अर्ब रुपैयाँको आयात गरेको थियो। जुन, यस वर्षको सात महिनामा आयात भएको वस्तुको तुलनामा चार करोडले बढी हो।विभागकाअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्षको सात महिनामा भएको आयात परिवर्तन शून्य प्रतिशतको फरक छ।

निर्यातमा सामान्य वृद्धि
यस अवधिमा नेपालको निर्यातमा सामान्य वृद्धि भएको छ। तथ्यांकअनुसार सात महिनामा नेपालले ६९ अर्ब ९१ करोडको निर्यात गरेको छ। अघिल्लो वर्षको यही अवधिमा नेपालबाट ६४ अर्ब ९६ करोड रुपैयाँको निर्यात भएको थियो। यस वर्षको सात महिनाको निर्यातको तुलनामा ७.६२ प्रतिशतले कम हो।

सबैभन्दा बढी डिजेलको आयात
सात महिनामा नेपालले विदेशबाट सबैभन्दा धेरै डिजेलको आयात गरेको छ। यसपछि एमएस विलेट, स्मार्टफोन, भटमासको कच्चा तेल, तयारी कपडा, चामल, एलपी ग्याँस, पेट्रोल, एचआर सिट र सुन सबैभन्दा धेरै भित्रिएका सूचीमा छन्। तथ्यांकले सात महिनामा ३९ अर्ब ७० करोड रुपैयाँको डिजेल भित्रिएको देखाएको छ। यस्तै, ३८ अर्ब १३ करोडको फलामे डन्डीको कच्चा पदार्थको रूपमा प्रयोग हुने एमएस विलेट, २४ अर्बको स्मार्टफोन भित्रिएको छ। यसैगरी, २० अर्बको भटमासको तेल, १७र१७ अर्बको तयारी कपडा,  चामल र एलपी ग्यास तथा समान १५ अर्ब रुपैयाँको पेट्रोल, एचआर सिट र सुन भित्रिएको छ।

१९ अर्बको भटमासको तेल निर्यात
यस अवधिमा नेपालले १९ अर्ब रुपैयाँको भटमासको तेल निर्यात गरेको छ। यसपछि समान चार अर्बको सेन्थेटिक यार्न, अलैँची र उनी गलैँचा तथा कार्पेट निर्यात भएको छ।यसैगरी, समान तीन अर्बको तयारी कपडा र चिया तथा जमोठ कपडा र जुटका बुनिएका कपडा समान दुई अर्ब रुपैयाँको निर्यात भएको देखिएको छ। यस्तै, उनी, सुती र टेरीकटन तथा फलफुलको जुस समान दुई अर्बको निर्यात भएको विभागले जानकारी दिएको छ।