news-details
स्वास्थ्य

Share this post!

भक्तपुरमा कोरोनाबाट १ सय २७ जनाको मृत्यु 

९ हजार ५ सय ५२ जना कोरोनाबाट संक्रमित

भक्तपुर । भक्तपुरमा हालसम्म ९ हजार ५ सय ५२ जना कोरोनाबाट संक्रमित भएका छन् । १ सय २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ९ हजार ३ सय ८३ जना संक्रमण मुक्त भएका छन् । अहिले ४२ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण बहादुर मिजारले बताए । जिल्लामा करिब ३ हजार ७ सय जना मानिसले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय भक्तपुरले दिएको जानकारी अनुसार पहिलो र दोस्रो चरणमा गरेर ३ हजार ६ सय ३८ जनाले खोप लगाएका हुन् । 

सरकारले तोकेको मापदण्डभित्र परेकाहरुले जिल्लाका भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री नगर अस्पताल थिमिबाट खोप लगाएका कार्यालयका प्रमुख मिजारले बताए । जसमा स्वास्थ्यकर्मी, सुरक्षा निकाय, निजामति कर्मचारी, जनप्रतिनिधी, पत्रकारलगायत रहेका छन् । साउन यता क्षयरोगको कारणले २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिएका छन् । सोही अवधिमा १ सय २३ जना क्षयरोगी समेत थपिएका छन् । भक्तपुर नगरपालिकामा सबै भन्दा धेरै क्षयरोगी ३८ जना भेटिएका हुन् । भक्तपुरमा गत आर्थिक वर्षमा विभिन्न प्रकारका क्षयरोगीको संख्या ४ सय ३३ जना रहेको थियो । जसमा १५ वर्षदेखि ३४ वर्ष उमेर समुहका महिला रहेका छन् । 
                                        -सांकेतिक तस्विर