news-details
अर्थतन्त्र

Share this post!

इन्फ्रास्टक्चरको सेयरको भाउ बढेको बढ्यै

काठमाडौं । सेयर बजारमा नेपाल इन्फ्रास्टक्चर बैंकको सेयरको भाउ बढेको बढयै छ । इन्फ्रास्टक्चरको बजार पुँजीकरण १ खर्ब नाघेको छ । बिहिबार निफ्राको बजार पुँजीकरण १ खर्ब ९ अर्ब २० करोड रुपैयाँ पुगेको हो । निफ्राको सेयर मूल्य ४९ रुपैयाँले बढेर ५ सय ४६ रुपैयाँ प्रतिसेयर मूल्य पुगेको छ । बुधबार निफ्रको सेयर मूल्य ४ सय ९७ रुपैयाँ थियो ।  सेयर बजारमा कारोबार भएयता निफ्राको वृद्धि रोकिएको छैन । निफ्रा आज सबैभन्दा बढी कमाउने लिस्टको छैटौ नम्बरमा परेको छ । यता सेयर बजारप्रति आम लगानीकर्ताको ध्यान तानेको अर्को कम्पनी चन्द्रगिरी हिल्सको पनि सेयर मूल्यमा बढोत्तरी भएको छ । यसको सेयर मूल्य ८।८९ प्रतिशतले बढेको छ । चन्द्रागिरीको सेयर मूल्य २० रुपैयाँले बढेर प्रतिसेयर २ सय ४५ रुपैयाँ पुगेको छ ।