news-details
स्वास्थ्य

Share this post!

भक्तपुर अस्पतालको अनुगमनमा मुख्यमन्त्री पौडेल आएपछि ...

भक्तपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भक्तपुर अस्पतालको अनुगमन गरेका छन् । शनिबार मुख्यमन्त्री पौडेलले अस्पतालको अनुगमनपछिको कार्यक्रममा बोल्दै प्रदेशको उत्कृष्ट अस्पताल बन्न सफल भएकोमा बधाई दिए । आगामी दिन अझैं धेरै काम अस्पताल व्यवस्थापन गर्न बाकीँ रहेकाले त्यसतर्फ समेत ध्यानदिन आग्रह गरेका छन् । उनले ‘प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा धेरै परिर्वतन र सुधार गरेको छ, त्यो कार्य अगामी दिनमा समेत जारी रहन्छ । ’ बाग्मती प्रदेशमा १३ वटा अस्पताल प्रदेश सरकार मातहतमा रहनेभएपनि केही अस्पताल प्रक्रियामा रहेको उनको भनाई छ । 

भक्तपुर अस्पतालकी मेडिकल सुपरीटेन्डेण्ट डाक्टर सुमित्रा गौतमले यसै आर्थिक वर्षभित्रमा अस्पतालको क्षमता विस्तार गरेर २ सय बेड पु¥याउने लक्ष्य रहेको जानकारी दिइन् । विगतको वर्षहरुमा भन्दा अस्पतालमा निकै सुधार भएको उनको दाबी छ । सो कार्यक्रममा निवर्तमान संघीय सांसद महेश बस्नेत, प्रदेश सांसद शशिजंग थापा र सरस्वती वाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, अस्पताल विकाश समितिका अध्यक्ष मिलन सुवाललगायतको उपस्थिती रहेको थियो ।