news-details
समाचार

Share this post!

पुरिएर दुई महिलाको मृत्यु

पाल्पा ।  बालुवाको ढिस्कोले पुरिएर शनिबार दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका वडा नंं ४ बलीपोखराकी १३ वर्षीया पवित्रा सारु र ३६ वर्षीया माया देवी सिंह रहेको पाल्पा प्रहरीले पुष्टि गरेको छ । १३ वर्षिया किशोरी सारुको घटनास्थमै र ३६ वर्षीया सिंहको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँपालिका– ४ को छेबकुनस्थित बालुवा खानीमा शनिबार दिउँसो ३ः४० मा बालुवा खन्ने क्रममा अचानक माथिबाट ढिस्को खसेपछि उनीहरु पुरिएका थिए ।