news-details
अर्थतन्त्र

Share this post!

बुटवलमा केबुलकारको शिलान्यास

बुटवल । बुटवल उपमहानगरपालिका– १, देउराली डाँडादेखि पाल्पाको तिनाउ गाउँपालिका– २, नुवाकोटगढी चल्ने सिद्धार्थ केबुलकार बन्ने भएको हो । केबुलकारको अर्थमन्त्री विष्णु पौडेलले आज शिलान्यास गरे । यसअघि प्रधानमन्त्री केपी ओलीले १ फागुनमा बुटवलदेखि पाल्पा वसन्तपुर डाँडासम्म चल्ने लुम्बिनी केबुलकारको शिलान्यास गरेका थिए । केबुलकार सञ्चालनको प्रक्रिया डेढ वर्षअघिदेखि चल्दै आएको थियो । स्थानीय व्यापारीको लगानीमा बन्न लागेको सो केवलकारले १ वर्षअघि नै मन्त्रिपरिषदबाट स्वीकृत पाएको थियो । ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व बोकेको मणि मुकुन्दसेन उद्यान फूलबारीदेखि उत्तरपूर्व देउरालीबाट पाल्पाको नुवाकोटगढीसम्म सञ्चालन हुने केबुलकारको लम्बाइ २ किमि ९० मिटर रहनेछ । १८ महिनाभित्र सञ्चालनमा आउने लक्ष्य राखिएको सो केबुलकारको निर्माण भारतको कम्भेयर एन्ड रोपवे सर्भिसेजले गर्दै छ । केबुलकारका सञ्चालकमध्येका एक माधव नेपालले ८० करोड लगानीमा केबुलकार र करिब डेढ अर्बको लागानीमा नुवाकोटगढीमा रिसोर्ट सञ्चालन गर्ने जानकारी दिए ।