Share this post!
काठमाडौं । आज सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ। यसैबीच चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । आइतबार तोलामा १३३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार रु ५ बढेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।