news-details
समाचार

Share this post!

बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

धनगढी । विद्यालयमै बालिका बलात्कार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । डडेल्धुरामा को गन्यापधुरा गाउँपालिका–४ भुवनेश्वरी माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा शिक्षक देवीलाल भट्टलाई पक्राउ गरिएको हो । बालिका बलात्कार गरेको उजुरी परेपछि उनलाई प्रहरीले आइतवार नियन्त्रणमा लिएको हो । प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले ती शिक्षकलाई पक्राउ गरिएको बताए । घटनाको थप अनुसन्धान भइरहेको छ ।