news-details
समाचार

Share this post!

एकै परिवारका तीन जना मृत भेटिए 

गोरखा ।  गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ मा एकै परिवारका तीन जना सुतेकै ठाउँमा मृत भेटिएका छन् । सोमबार बिहान ८ बजेसम्म चहलपहल नभएपछि स्थानीयले गएर हेर्दा सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए । स्थानीय ८४ वर्षीय टिलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आइतीमाया गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ मृत अवस्थामा भेटिएको उनले बताए । स्थानीयले खबर गरेपछि बारपाक प्रहरी चौकीबाट घटनास्थलमा प्रहरी  पुगेको र इलाका प्रहरी कार्यालय जौबारीबाट थप प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको एसपी गुरुङले जानकारी दिए । मृत भेटिएकाहरुको मुखमा सेतो फिज पनि देखिएको जानकारी दिँदै एसपी गुरुङले भने,’ हामी थप अनुसन्धानमा छौँ ।’शव जौबारीस्थित अस्पतालमा पोस्टमार्टमका लागि ल्याइने बताइएको छ ।