news-details
अर्थतन्त्र

Share this post!

ज्योती लाइफले आईपीओ निष्काशन गर्न पायो अनुमति 

काठमाडौ । ज्योति लाइफ इन्स्योरेन्सलाई आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।  ज्योती लाइफले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो  । कम्पनीले १०० रुपैयाँ दरको आइपिओ निष्काशन गर्ने छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्दैछ । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आईपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ज्योति लाइफले १० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।