news-details
समाचार

Share this post!

बाघको छालासहित तीन जना प्रहरीको नियन्त्रणमा 

बाँके । कोहलपुर प्रहरीले दुई थान चरी बाघको छालाहित तीन जनालाई पक्राउ गरेको छ । आइतबार साँझ विशेष सूचनाको आधारमा बाँकेको राप्तिसोनारी–१ कुसुमबाट उनीहरुलाई बाघको छालासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालले जानकारी दिए । पक्राउ पर्नेमा सल्यान  कुमाख गाउँपालिका- ७ का कमल डीसी, सोही स्थानका हिमेन्द्र वली र सल्यानकै बाघचौर नगरपालिका- ३ का जितबहादुर डीसी छन् । पक्राउ लगत्तै उनीहरुलाई थप अनुसन्धानको लागि राष्ट्रिय निकुञ्ज बाँके पठाइएको छ । 
कोहलपुर प्रहरीले एक महिनायता दुर्लभ रेडपाण्डाको छाला, जीवित सर्पदेखि अन्य विभन्न दुर्लभ वन्यजन्तुको चोरी तस्करीमा सक्रिय व्यक्तिको खोजी तीव्र पारेको छ ।