news-details
समाचार

Share this post!

बसले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडौं । ललितपुरको जावलाखेलमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पहिचान खुल्न नसकेकी प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरमा सवार करिब ३३ वर्षीय महिला रहेकी छन् । सोमबार दिउँसो साढे १ बजे भैंसीपाटी जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।