Share this post!
काठमाडौं । सरकारका गृहमन्त्री को हत्या प्रयास भएको छ। लिबियाको राष्ट्रसंघ समर्थित गृहमन्त्री फाथी बाशाघा राजधानी त्रिपोलीको पश्चिममा जन्जुर जिल्लामा रहेको आफ्नो निवासबाट मन्त्रालयतर्फ आउँदै गर्दा अज्ञात बन्धुकधारीले गोली चलाएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मन्त्रीको सवारीलाई लक्षित गरी टोयोटा गाडीमा सवार व्यक्तिहरुले मेसिनगन प्रयोग गरेर आक्रमण गरेका थिए। मन्त्री बाशाघाका अंगरक्षकले प्रतिकारमा गोली चलाएका थिए जसबाट एकजना बन्दुधकारीको घटनास्थलमै मृत्यु भएको थियो भने दुईजना पक्राउ परेका थिए। सन् २०११ मा लिबियाका तत्कालीन नेता मोउमर गद्दाफीको शासन पतन भएयता लिबियामा असुरक्षा र अस्थिरता व्याप्त छ।