news-details
समाचार

Share this post!

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

काठमाडौं । झापाको दमक नगरपालिका –३ शरणार्थी शिविरमा एक जनाको कुटपिटबाट हत्या भएको छ । ४९ वर्षीया विष्णुमायाँ तामाङको कुटपिटबाट हत्या भएको हो। पति सरे राईको कुटपिटबाट उनको मृत्यु भएको हो। उनी फरार भएका छन्। इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बाघखोरबाट उनको खोजीमा प्रहरी टोली खटिएको छ।