news-details
समाज

Share this post!

नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुरको साधारण सभा सम्पन्न

भक्तपुर । देशभरका नेवार पत्रकारहरुलाई पछिल्लो समय साधारणसभाको चटारो छ । यहि क्रममा मंगलबार नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला शाखाले सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । यसअघि काभ्रे जिल्ला शाखाले फागुन ८ गते कार्यक्रम गरेको थियो । चैत महिनाको केन्द्रिय साधारणसभा अघि देशभरका २४ जिल्लामा बिस्तार गरिएका पत्रकार राष्ट्रिय दबूका शाखाहरुमा कार्यक्रम भइरहेको छ । भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा केन्द्रिय अध्यक्ष सुरजवीर बज्राचार्यले समावेशी सञ्चार, मातृभाषा पत्रकारितादेखि पत्रकारहरुको क्षमता बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । व्यावसायिक पत्रकारिताको आवश्यकतालाई औँल्याउँदै संस्थागत रुपमा अघि बढ्न अपिल समेत गरे । त्यस्तै महासचिव सुनिल महर्जनले सांस्कृतिक र खोजमूलक पत्रकारिता गर्न आग्रह गरे ।  भक्तपुरमा सक्रिय सञ्चारकर्मीहरुले समाचारमा फरक कोणलाई प्राथमिकता दिँदैआएकोमा धन्यवाद दिँदै अझै स्तरिय समाचार सम्प्रेशन गर्नुपर्नेमा जोड दिए । नेपाल संवत् ११३२ मा स्थापना गरिएको नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाका संस्थापक अध्यक्ष केके मानन्धर, निवर्तमान अध्यक्ष ईश्वरकाजी खाइजु, कृष्ण किसी, सुरेश साँय्जु, शिमान्त सिल्पकार लगायतको योगदान स्मरण गरेका थिए ।  त्यस्तै कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले पत्रकारहरुको जटिल प्रकृतिको स्वास्थ्य समस्यामा पत्रकार राष्ट्रिय दबूले आर्थिक सहयोग गरिरहेको बताउनुभयो । पत्रकार राष्ट्रिय दबूमा आवद्ध सञ्चारकर्मीहरुको लागि पन्ध्र लाखको अक्षय कोष स्थापना भइसकेको बताउँदै सोही कोषलाई बढाएर ५० लाख पु¥याउने प्रतिबद्धता जनाए । 

कार्यक्रममा राष्ट्रिय समाचार समितिमा आवद्ध पत्रकार रत्न श्रेष्ठले उनले अभिभावकको स्मृतिमा “हरिलाल, श्रीलक्ष्मी लुमन्ति पत्रकारिता सिरपा” घोषणा गरे ।   पत्रकारितामार्फत योगदान दिएका सञ्चारकर्मीलाई प्रोत्साहित गर्न पुरस्कारको घोषणा भएको जनाएको छ । पुरस्कारको लागि कोषाध्यक्ष चन्द्रकृष्ण (गोपाल) श्रेष्ठमार्फत पत्रकार राष्ट्रिय दबूलाई नगद हस्तान्तरण गरिएको छ ।  
पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला अध्यक्ष रामगोपाल तमखुको सभापतित्वमा आयोजित कार्यक्रममा बाबुकाजी साःछेँ श्रेष्ठ, हरिसुन्दर छुकाँ, सुरेश ख्वाकः श्रेष्ठ, प्रकाश मल्ल लगायतका सञ्चारकर्मीहरुको सहभागिता थियो ।