news-details
समाचार

Share this post!

अदालतबाटै दुई अभियुक्त फरार

मोरङ । जिल्ला अदालत मोरङ परिषरबाट लागु औषधका दुई अभियुक्त फरार भएका छन् । लागुऔषध मुद्दामा म्याद थपका लागि अदालत पुर्‍याइएका उनीहरू हतकडी लिएरै भागेका हुन् । फरार हुनेमा मोरङको कटहरी कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी रहेका छन् ।
सोमबार अपराह्न ३स्३० बजेतिर म्याद थप गर्न लिएर गएको प्रहरी टोलीको आँखा छल्दै उनीहरू भागेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।