news-details
राजनीति

Share this post!

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरूले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरिदिने सर्वोच्च अदालतको आदेशलाई ूसबैले मान्नुपर्नेू तर त्यसले अहिलेको राजनीतिक समस्या हल नगर्ने बताएका छन्। ओलीका सल्लाहकारहरूले मङ्गलबार राति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गरेका हुन्। प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै सर्वोच्चको फैसला सबैले मान्नुपर्ने बताएका छन्।
उनले लेखेका छन्, 'यद्यपि यस फैसलाले जारी राजनीतिक समस्या भने हल गर्दैन।'ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले पनि ट्वीट गर्दै फैसलाले मुलुकको जटिल राजनीतिलाई निकास दिँदैन भनेका छन्। ओलीका प्रेस सल्लाहकार सूर्य थापाले चाहिँ उक्त आदेशलाई विवादास्पद भनेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकारको फेसबुक पेजमा उनले लेखेका छन्, सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ। र, कार्यान्वयन गर्नुपर्छ। यसका दुष्प्रभावहरू भविष्यमा देखिदैँ जाने निश्चित छ। यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन। बरू अस्थिरता अझै बढ्ने छ। सत्ताको खेल बढ्नेछ।

https://twitter.com/Rajanktm/status/1364238328833351681

https://twitter.com/BishnuRimal/status/1364237423094362117