news-details
अर्थतन्त्र

Share this post!

शुक्रबार महिला लघुवित्तको आइपिओ बाँडफाँड हुुने 

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आइपिओको बाँडफाँड शुक्रबार हुने भएको छ । आइपिओको प्रि-अलोटमेण्ट हिजो सम्पन्न भएको हुनाले शुक्रबार बाँडफाँड गर्न लागिएको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकले जनाएको छ । संस्थाको आइपिओमा १५ लाख ४० हजार ४८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रूपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताको लागि आवेदन दिएका छन् । संस्थाले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर ९आइपिओ० निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।