news-details
समाचार

Share this post!

घरभित्रै पसेर चितुवाले आक्रमण गरेपछि... 

काठमाडौं । पर्सामा चितुवाको आक्रमणमा परी एकजना घाइते भएका छन् । घाइते हुनेमा ६५ वर्षीय कुलबहादुर खत्री रहेका छन् ।
पर्सा राष्ट्रिय निकुञ्जबाट गाउँपसेको चितुवाले मंगलबार राति उनको घरभित्रै पसेर आक्रमण गर्दा उनी घाइते भएका हुन् । रातिको समयमा घरभित्रै आगोतापेर बसिरहेको अवस्थामा खत्रीलाई चितुवाले आक्रमण गरेको प्रहरी चौकी सुवर्णपुरका असई इन्दिवर चौधरीले जानकारी दिए । घरभित्रै बसेर उनी आगोताप्दै गाईवस्तुलाई कुँडो पकाएर बसेका रहेछन् । त्यहीबेला एक्कासी घरभित्र पसेर चितुवाले उनलाई आक्रमण गरेको रहेछ,’ चौधरीले भने, ‘चितुवाले आक्रमण गरेपछि आत्तिएर उनी होहल्ला गरेपछि चितुवा भागेको रहेछ ।’ घाइते खत्रीको स्थानीय क्लिनिकमा उपचार भइरहेको उनले बताए । उनको मुख, हात र नाकमा २४ वटा टाँका लगाइएको छ ।