news-details
राजनीति

Share this post!

देउवालाई भेट्न दाहाल र नेपाल बूढानीलकण्ठ तर्फ 

काठमाडौं ।  सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनागरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवानिवास बूढानीलकण्ठ जाने भएका छन्। अदालतले मंगलबार सरकारले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि विकसित राजनीतिक घटनाक्रमलगायतबारे छलफल गर्न दाहाल-नेपाल देउवानिवास जान लागेका हुन्।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले सभापतिलाई भेट्न दाहाल-नेपालले समय लिएको बताए। “उहाँहरूले समय लिनुभएको छ र आउनुहुन्छ,” उनले भने। प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाको प्रचण्ड समूहसँगै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी ९जसपा०, नागरिक समाजहरूले खुसियाली मनाएका छन्। तर, प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाको ओली समूह र राप्रपाले भने अदालतको अनपेक्षित निर्णय भनेको छ।प्रधानमन्त्री ओलीले गत पुस ५ गते ताजा जनादेशमा जाने भन्दै प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेका थिए। सोही दिन राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। उनले आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचनको मितिसमेत तोकेकी थिइन्।