news-details
अर्थतन्त्र

Share this post!

आजको सुन र चाँदीको मुल्य यस्तो छ

काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८८ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य भने सामान्य वृद्धि हो बुधबार तोलामा १३४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर १३५५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।