news-details
खेलकुद

Share this post!

३ करोडको लगानी बनेको 'क्लब मध्यपुर' संचालनमा आयो 

-दिपा दाहाल 
भक्तपुर । मध्यपुर नगरपालिका कौशलटारमा ३ करोड रुपैयाँको लगानीमा निर्माण भएको क्लब मध्यपुर संचालनमा आएको छ । विहिबारबाट संचालनमा आएको यस क्लब मध्यपुरमा फिट्नेस, बडिबिल्डिङ, एरोविक्स, जुम्बा, स्टिम, सावना, स्नोकरसमेत रहेन संचालक अष्टकुमार कवेंले जानकारी दिएका छन् ।  स्वस्थ्य जीवन जिउने कलालाई खेलसंग जोडदै निरोगी जीवनको निर्माण गर्ने यो क्लबको अर्को उद्देश्य रहेको छ, कवेंले भने । आगामी दिनमा विभिन्न खेलकूद प्रतियोगिताहरुलाई निरन्तरता दिईदै जानेगरी क्लब मध्यपुरमा  १०० जनाको क्षमता रहनेछ । सो अवसरमा संचालक कवेंले फिट्नेस, बडिबिल्डिङ, एरोविक्स, जुम्बा, स्टिम, सावना, स्नोकर र 'द बर्गर हाउस एण्ड कन्ची फ्राइड चिकेन'बाट हुने आम्दानीको २० प्रतिशत रकम सामाजिक सेवा र खेलकुदको विकासमा खर्च गर्ने घोषणा गरे ।