news-details
समाचार

Share this post!

उपहार पर्‍यो भन्दै ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं । उपहार पर्‍यो भन्दै ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–६ बस्ने पर्सा पोखरिया नगरपालिका–७ घर भएका २६ वर्षीय दिपककुमार दुबेलगायत तीनजनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। उनीहरूले विभिन्न मितिमा उपहार पर्‍यो भनी प्रलोभनमा पारी पीडितलाई आइएमई मार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको प्रहरीले जनाएको छ। उनीहरूले ठगी गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–६ याङरिमा हिलसिटीबाट उनीहरूलाई नगद ५३ हजार रुपैयाँ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।