news-details
अन्तरास्ट्रिय

Share this post!

५३ वर्षअघि  हराएको पर्स हात परेपछि

पाउल ग्रिसामको वालेट ५३ वर्षअघि संसारकै पिँध अर्थात् अन्टार्कटिकामा हराएको थियो । यति लामो समय बितिसक्दा त उनले त्यो हराएको पर्स पनि बिर्सिसकेका थिए ।तर ५३ वर्षपछि उनले आफ्नो त्यो हराएको पर्स हात पारे । सान डिएगोमा बस्ने ९१ वर्षका पाउलको हातमा उनको हराएको पर्स मात्र परेन सन् १९६० को दशकमा १३ महिनासम्म अमेरिकी नौसेनाको मौसमविदका रुपमा अन्टार्कटिकामा काम गरेको स्मरणपत्रसमेत उनले प्राप्त गरे ।शनिबार आफ्नो हराएको पर्स हात परेपछि पुराना दिन सम्झिँदै उनी भावुक बने । सान डिएगो युनियन ट्रिब्युन पत्रिकासँग कुराकानी गर्दै उनले भने, ‘म त झण्डै बेहोस भएको । मलाई फेला पारेर पर्स फिर्ता गर्नका लागि श्रृंखलाबद्ध रुपमा खटिएका रहेछन् ।अन्टार्कटिकामा हराएको उनको वालेटमा उनको नौसेनाको परिचयपत्र, सवारी चालक परिचयपत्र, पकेट रेफरेन्स कार्ड थियो जसमा आणविक, जैविक तथा रासायनिक आक्रमणका बेला के गर्ने रु भन्ने जानकारी उल्लेख थियो । साथै पर्समा उनले कर चुक्ता कागज र पत्नीलाई पठाएको पैसाको भरपाइ पनि थियो ।अमेरिकाको एरिजोनास्थित डगलसमा जन्मिएका ग्रिसाम सन् १९४८ मा नौसेनामा भर्ती भए । त्यहाँ उनी सुरुमा मौसम प्राविधिक र पछि मौसम पूर्वानुमानविद बने ।अपरेसन डिप फ्रिज नामक अभियान अन्तर्गत उनी अन्टार्कटिकामा खटाइएका थिए । सन् १९६७ को अक्टोबरमा उनी अन्टार्कटिका गएका थिए । त्यसबेला उनको उमेर ३० वर्षको थियो र घरमा पत्नी र दुई बच्चा थिए ।अन्टार्कटिकामा खटिएकै बेला उनको पर्स कतै हरायो र पछि उनले त्यो बिर्सिए ।तर सन् २०१४ मा अन्टार्कटिकाको रोस टापुस्थित म्याकमुर्दो स्टेसनमा रहेको भवन भत्काउने क्रममा उनको पर्स फेला पर्‍यो । तर त्यो पर्सको धनी फेला पार्न भने निकै सकस पर्‍यो ।वास्तवमा भवन भत्काउने क्रममा दुईवटा पर्स फेला परेका थिए । त्यसमध्ये एउटा पर्स ग्रिसामको थियो भने अर्को पर्सधनीको चाहिँ सन् २०१६ मै मृत्यु भैसकेको रहेछ ।
ग्रिसामले अमेरिकी नेभीको जागिरबाट सन् १९७७ मा अवकास लिएका थिए । पहिलो पत्नीको मृत्युपछि सन् २००३ मा उनले दोश्रो बिहे गरे र हाल दोश्रो पत्नीसँग बस्दै आएका छन् ।