news-details
अन्तरास्ट्रिय

Share this post!

७७ फिट लामो सर्प

धेरैजसो मानिसहरुका लागि स्नोम्यान बनाउन नै मुश्किल हुन्छ तर अमेरिकाको कोलोराडो प्रदेशमा एक परिवारले बरफको एउटा ठूलो सर्प बनाएका छन् जसबाट धेरै मानिसहरुको नजर हटिरहेको छैन ।मन मूजली र उनका पाँच भाइ बहिनीले १० घण्टा लगाएर यो विशालकाय बरफको सर्प बनाएका छन् ।यसअघि सन् २०१९ मा पनि यो परिवारको स्नो आर्ट चर्चित भएको थियो । त्यतिबेला यो परिवारले बरफको एउटा शानदार बाघ बनाएका थिए जसलाई स्थानीय मिडियामा असाध्यै देखाइएको थियो ।उनीहरुले यसपटक जुन सर्प बनाएका छन् त्यसको लम्बाई ७७ फिट ९२३ मिटर० छ र मूजलीले यसलाई आफ्नो आमाको घरको बगैँचा अगाडि बनाएका छन् ।उनीहरुले बीबीसीसँग भने, ‘जब हामी साना थियौं तब हाम्रा पिताले हामीसँग मिलाएर यस्तो बनाउने गर्नुहुन्थ्यो । हामी रमाइलो गर्नका लागि यस्ता चिज बनाउने गर्छौं ।’वरिपरिबाट हिँड्ने मानिसहरु र छिमेकीहरु बरफको यो ठूलो सर्प देखेर चकित परेका छन् ।सन् २०१९ मा मन मूजलीको परवारले बरफको बाघ बनाएका थिए । यसका लागि उनीहरुले निकै प्रशंसा बटुलेका थिए र यो तस्बिर स्थानीय मिडियामा अत्यधिक छाएको थियो ।