news-details
अन्तरास्ट्रिय

Share this post!

गिफ्ट दिन उँट चोरेपछि

गर्लफ्रेण्डलाई कस्ता कस्ता गिफ्ट दिनुहुन्छ तपाइँ रु कतिपय मानिसले त आफ्नी गर्लफ्रेण्डलालाई उपहार दिनका लागि मरुभूमिको जनावर उँट समेत चोर्दा रहेछन् ।
हालै युएइको दुबईमा एउटा यस्तै घटना भएको छ । दुबई प्रहरीले हालै एकजना व्यक्तिलाई निकै बहूमूल्य उँटको बच्चा चोरेको आरोपमा पक्राउ गरेको छ । ती व्यक्तिले गर्लफ्रेण्डलालाई उनको जन्मदिनमा उपहार दिनको लागि भन्दै उँटको बच्चा चोरेको बताइएको छ ।आफ्नो उँट फार्मबाट उँटको बच्चा चोरी भएको भन्दै उँटधनीले एक महिना अघि नै प्रहरीमा उजुरी गरेका थिए । उक्त उजुरीपछि प्रहरीले खोजी अभियान तीव्र बनाए पनि चोरी भएको उँट फेला पार्न सकेको थिए ।केही दिनपछि एकजना मानिसले प्रहरीलाई फोन गरेर आफ्नो फार्ममा एउटा नयाँ उँट आएर यताउता घुमिरहेको जानकारी दियो ।प्रहरी तत्कालै उक्त उँट भएको ठाउँमा बस्यो । जब प्रहरीले फोन गरेर उँटको बारेमा जानकारी दिने व्यक्तिसँग सोधपुछ गर्‍यो तब उँट चोरीको रोचक कथाको खुलासा भयो ।वास्तवमा फोन गरेर पुलिसलाई जानकारी दिने सोही व्यक्तिले नै आफ्नो गर्लफ्रेण्डलालाई उपहार दिनको लागि भन्दै बहुमूल्य नश्लको उँटको बच्चा चोरेका रहेछन् । उनी माउँ उँट नै चोर्ने चाहन्थे तर नसकेपछि उनले केही दिन अगाडि जन्मिएको बच्चा चोरेका रहेछन् ।प्रहरीले उँट खोजी अभियान तीव्र बनाएको थाहा पाएर आफू पक्राउ परिने डर भएपछि मात्र उनले आफ्नो फार्ममा फिरन्ते नयाँ उँट आएर घुमिरहेको भन्दै प्रहरीलाई जानकारी गराएका थिए ।प्रहरीले उक्त उँटको बच्चा उसको धनीलाई फिर्ता गरेको छ भने उँट चोर्ने व्यक्ति र गर्लफ्रेण्डसमेतलाई चोरी तथा झुट्टो विवरण दिएको अभियोगमा पक्राउ गरेको छ ।