काठमाडौं । नेपाली सेयर बजारमा प्रवेश गर्न चाहानेको संख्या निकै वृद्धि भएको छ , शुक्रबारदेखि खुलेको ज्योति लाइफ इन्स्यारेन्सको आईपीओमा पहिलो दिन नै पौने तीन लाख जनाले आईपीओका लागि आवेदन दिएका छन् । सेयर बजारको प्राथमिक बजार आईपीओमा जोखिम कम हुने र नाफा कमाउने सकिने भएकाले सर्वसाधारणको आकर्षण बढ्दो छ । करिब १६ लाख जनाले आईपीओका लागि आवेदन दिने गरेका छन् ।पछिल्लो पटक खुला भएको महिला लघुवित्त वित्तीय संस्थाको आईपीओका लागि १५ लाख ८५ हजारले आवेदन दिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य बताउँछन् । आईपीओका लागि आवेदन दिनेहरुको यो तथ्यांक हालसम्मै उच्च हो ।
आईपीओका लागि आवेदन दिनेहरुको संख्या भन्दा डिम्याट खाताको संख्या भने दोब्बरले बढी छ । हाल डिम्याट खाताको संख्या करिब ३१ लाख छ । उता दोस्रो बजारमा कारोबार गर्नका लागि अनलाइन सुबिधा लिनेहरुको संख्या भने ४ लाख ४५ हजारमात्रै छ । तीन तथ्यांकहरुबीचको खाडल चाहिँ कसरी भयो त रु सेयर बजारको सम्पूर्ण लेखाजोखा राख्नेसीईओ आचार्य यसमा मुलतः चार कारणहरु रहेको बताउँछन् । जसका कारण डिम्याट खाता, आईपीओ आवेदन दिनेहरुको संख्या र दोस्रो बजारमा कारोबार गर्नेहरुको संख्यामा ठूलो खाडल देखिएको उनी बताउँछन् । कतिपय भने एउर्टै मानिसले दर्जनौको खाताबाट आइपिओ भर्ने गरेका छन् ।