news-details
स्वास्थ्य

Share this post!

प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोप लगाउनुभयो 

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु भएको छ । प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा आज खोप लगाएर दोस्रो चरणको अभियानको औपचारिक शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले पनि कोभिड विरूद्धको खोप लगाउनुभयो । सरकारले आजदेखि नै दोस्रो चरणको खोप अभियान अन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई देशैभरी खोप सञ्चालन गर्दैछ । यस अभियान अन्तर्गत करीब १६ लाख ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी खोप प्रदान गर्ने लक्ष्य सरकारको छ ।।