news-details
स्वास्थ्य

Share this post!

भक्तपुरमा कोरोना विरुद्धको खोप लगाउने दोस्रो चरण सुरु 

-दिपा दाहाल 
भक्तपुर । भक्तपुरमा कोरोना भाइरस (कोभिड-१९) विरुद्घको दोस्रो खोप लगाउने अभियान आजदेखि सुुरु भएको छ । स्वास्थ्य कार्यलय भक्तपुरमा आयोजना भएको पत्रकार अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमा वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण बहादुर मिजारले भक्तपुरमा कोभिड-१९ विरुद्घको खोपको दोस्रो चरण सुरु भएको बताउनु भयो ।  कोभिड-१९ विरुद्घको खोप पहिलो चरणमा पहिलो प्राथमिकता दिइएका व्यक्तिहरुलाई माघ १४ देखी २४ सम्ममा दिइसकेको र अब दोस्रो चरणमा ज्येष्ठ नागरिक (६५ वर्ष देखि माथिका) लाई दिइने  मिजारले जानकारी दिनुभयो । यो खोप बाँया पाखुराको माथिल्लो बाहिरी भागमा दिइन्छ । ०.५ मि.लि मात्रा दिने यो खोप कम्तिमा ८ हप्ताको फरकमा २ पटक लगाउनु पर्ने उहाँले बताउनु भयो ।  कोभिड-१९ खोप लिएको १४ दिन पछि मात्र अन्य खोप लिन सकिन्छ । यो खोपको प्रयोग पछि कोही कोही मानिसमा भने लगाएको ठाँउमा दुख्ने, सुन्निने र रातो हुने, वाकवाकी लाग्ने, फ्लुका जस्ता सामान्य लक्षणहरु देखिन सक्छ । अहिलेसम्म भक्तपुर जिल्लामा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ९० जना पुगेको मिजारले जनाकारी दिनु भएको छ ।  जिल्लामा कोरोनाले गर्दा मृत्यु हुनेको संख्या १ सय २७ पुगेको छ ।  ती मध्ये ८२ जना पुरुष र ३५ महिलाको संख्या  रहेको छ ।