news-details
राजनीति

Share this post!

आजको संसद बैठकः पर्ख र हेरको नीतिमा काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आजको प्रतिनिधिसभाको बैठकमा पर्ख र हेरको नीति लिने भएको छ । सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी ओली र प्रचण्ड–माधव समूहको रणनीति नियाल्ने काँगे्रसको तयारी छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय बदर गरी १३ दिनभित्र अधिवेशन बोलाउन सर्वोच्च अदालतले दिएको परमादेश अनुसार आइतबार दिउँसो ४ बजे  पहिलो बैठक बस्दै छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले काँग्रेस पर्ख र हेर अवस्थामा रहेको बताए । प्रमुख सचेतक खाणले आगामी नीतिबारे छलफलमै रहेको बताए । यस्तै काँग्रेसले संसदको उनीहरुको रणनीतिसँग सर्वोच्च अदालततिर पनि नजर लगाएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको नाम सम्बन्धी मुद्दाको फैसला आज सुनाउँदै छ ।  नेकपा अध्यक्ष ऋषि कट्टेलले दुई वर्षअघि सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाई सकिएर आज निर्णय सुनुवाई हुन लागेको होे । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले आज निर्णय सुनाउनेछ । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएमा ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले अर्को नाम राख्नुपर्नेछ । सर्वोच्च अदालतको फैसलाले नेकपा के हुन्छ र निर्वाचन आयोगले नेकपा कुन पक्षलाई आधिकारिकता दिन्छ भन्ने विषयलाई पनि नजिकबाट नियालिरहेको छ । संसद विघटनपछि नेकपामा आएको राजनीति विभाजनलाई निर्वाचन आयोगले कानुनी मान्यता दिन सकेको छैन ।